स्वास्थ्य

एक सय ४५ जनाको मृत्यु, सात हजार तीन सय ६८ संक्रमित

देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १ सय ६३

नेपालमा विगत २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणका कारण १ सय ४५ जनाको मृत्यु भएको छ भने ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३ सय १६ र ३ सय ४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसै अवधिमा काठमाडौं उपत्यकामा दुई हजार ६ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा एक हजार ८ सय ८१, ललितपुरमा ४ सय ३६ र भक्तपुरमा २ सय ९२ जना गरी दुई हजार ६ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १ सय ६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.