जन सरोकार

कोरोना जितेका ८९ वर्षीय केशव सुवेदीबाट कोभिड अस्पताललाई सहयोग

कोरोना संक्रमणमुक्त भएपछि म्याग्दीका एक वृद्धले उपचाररत अस्पतालाई आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ का ८९ वर्षीय केशव सुवेदीले कोरोनाबाट छुटकारा पाएपछि अस्पतालको सेवा राम्रो रहेको भन्दै सहयोग गर्नुभएको हो ।

सुवेदीले जिल्लाको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा उपचार गरी कोरोना जितेर घर फर्कने क्रममा अस्पतालको उपचार सेवा राम्रो रहेको र थप व्यवस्थापनका लागि रु पाँच हजार अस्पताललाई सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button