खेलफूटबल

म्यानचेस्टर सिटीलाई पराजित गर्दै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि

एफए कपको उपाधि क्रिस्टल प्यालेसले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै प्यालेसले क्लबको इतिहासमै पहिलो पटक ठूलो उपाधि हात पारेको हो ।

एफए कप

वेम्बली रंगशालामा शनिबार राति भएको सिटीले खेलमा पूर्ण रुपमा पकड बनाए पनि गोल गर्न नसक्दा उपाधि जित्न असफल भयो । खेलको १६औं मिनेटमा ड्यानियल मुनेजको पासमा एबेरेची एजेले उत्कृष्ट भलीमार्फत गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए । उक्त गोल नै प्यालेसको जितमा निर्णायक बन्यो ।

खेलको ३६औं मिनेटमा टायरिक मिचेलले बर्नान्डो सिल्भालाई लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । तर सिटीका ओमार मार्माउशल पेनाल्टी प्रहार प्यालेसका गोलकिपर डिन हेन्डरसनले रोक्दा सिटीले खेलमा फर्कने अवसर खेर फाल्यो।

म्यानचेस्टर सिटीले गोलका लागि थुप्रै प्रयास गरे पनि गोल गर्न भने सकेन । सिटीले बलमा नियन्त्रण राखे पनि प्यालेसका प्रशिक्षक ओलिभर ग्लास्नरको उत्कृष्ट रक्षात्मक शैलीले टिम च्याम्पियन बन्यो । त्यस्तै दोस्रो हाफमा प्यालेसका मुनोजले गोल गरेपनि भिएआरले उक्त गोललाई अफसाइड मान्दै गोल दिएन । जितसँगै क्रिस्टल प्यालेसले आफ्नो इतिहासमा पहिलो पटक कुनै प्रमुख घरेलु उपाधि जित्न सफल भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.