क्रिकेटखेल

आइपिएलमा दिल्लीद्वारा राजस्थान पाँच विकेटले पराजित

भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा दिल्ली क्यपिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । आइतबार भएको दिनको दोस्रो खेलमा दिल्लीले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । राजस्थानका लागि धुव्र जुरेलले ४० बलमा ५ चौका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय पारी खेले भने रियान परागले २६ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै ओपनर बैभव सुर्यवंशीले ४६ रन जोड्दा यशस्वी जैसवालले १२ रन जोडे । दिल्लीका लागि मिचेल स्टार्कले चार विकेट लिए भने लुंगी एन्गेडी र माधव तिवारीको भागमा समान दुई-दुई विकेट रह्यो । राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य दिल्लीले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको लागि केएल राहुलले ४२ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले भने अभिषेक पोरेलले ३१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय इनिङ खेले । यी दुईले पहिलो विकेटका लागि १०५ रनको शतकीय साझेदारी गरेका थिए ।

यस्तै कप्तान अक्षर पटेल ३४ र आशुतोष शर्मा १८ रनमा अविजित रहे । राजस्थानका लागि जोफ्रा आर्चर र ब्रिजेश शर्माले समान दुई-दुई विकेट लिए भने दासुन शनकाको भागमा एक विकेट रह्यो । जितसंगै दिल्ली १३ खेलमा १२ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ भने १२ खेलमा १२ नै अंक जोडेको राजस्थान छैटौं स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज राति नेपाली समयनुसार पौने आठ बजे चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.