उच्च गतिको पकेट वाईफाई सेवामा परिवर्तन हुदै,
विश्वव्यापी महामारीको रुपलिएको कोरोना संक्रमण रोक्न जापान सरकारले नागरिकलाई घरमै बस्न गरेको आग्रहका कारण ईन्टरनेट सेवामा समेत प्रत्यक्ष प्रभाव परेको छ।
घरमै बसेर कार्यालयको काम तथा विद्यालयहरु बन्द हुदाँ बालबालिकाहरु समेतले ईन्टरनेट धेरै प्रयोग गर्दा पुरा जापानको सेवा प्रभावित भएको टेलिकम कम्पनीहरुले जनाएका छन। जापानमा मुख्यगरि एनटिटी दोकोमो, सफटबैक र केडीडीआई एयुले आफना ग्राहकहरुमा अघोषित रुपमा समस्या भएको स्वीकार गरेका छन। ईन्टरनेट धेरै प्रयोग हुदाँ स्पीड गति ढिलो भएको भन्दै कम्पनीहरुले ग्राहकहरुमा अनावश्यक डाटाको प्रयोग नगर्न समेत अनुरोध गरेको छ । यसैगरि चालु अवस्थाका केही सेवाहरुमा समेत परिवर्तन भएको जनाएका छन।
परिवर्तित सेवामा सफटबैकले ३०० जीवीको सेवालाई १०० जीवीमा परिवर्तन गरेको छ भने अन्य टेलिकमहरुले समेत डाटा प्याकेजलाई केही महंगो बनाएका छन।
यसैबीच जापानमा नेपालीहरु तथा विदेशीलाई ईन्टरनेट तथा फोन सेवा प्रदान गर्दै आएको न्यूआईटि भेन्चर कर्पोरेशन एनआईटिभी जापानले प्रदान गर्दै आएको उच्चगतिको ईन्टरनेट सेवामा केही परिवर्तन भएको जनाएको छ। हाल नेपालीहरु माझ लोकप्रिय बनेको एनआईटिभी सफटबैकको ३०० जीवीको पकेट वाईफाई जुन महिनाबाट १०० जीवी डाटामा परिवर्तन हुने जनाएको छ। डाटा परिवर्तनसंगै मुल्यमा समेत समायोजन गरिएको जनाएको छ। यता ३०० जीवी डाटा प्याकेजको विकल्पका एनटिटि तथा सफ्टवैकसगको साझेदारीमा एनआईटिभीले विशेष हिकारी ईन्टरनेट सेवा सुरुगरेको छ।
एनआईटिभीले विशेष सुचना मार्फत आफना ग्राहकहरुलाई उच्चगतिको डाटा प्रयोगकर्ताहरुका लागि घर तथा कार्यालयमा फाईवर डाटा तथा अन्य विकल्प सेवा चाहिएका तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ। तत्काल आएको परिवर्तनले ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा माग्दै आगामी दिनमा थप नयाँ सेवा प्रदान गर्न प्रतिवद्ध रहेको जनाएको छ।
नयाँ सेवामा सफटबैकको एयर सेवामा मासिक २८८० तथा एनटिटि तथा सफ्टवैक हिकारी ३८८० येन मासिक बिल आउने सेवा रहेको बताएको छ।
उच्च गतिको हिकारी ईन्टरनेट सेवाका लागि एनआईटिभी कार्यालय ०३-५६५०-५४३०, ०८०-४१५६-३७१५ र ०८०-४९४९-६३८३ मा सिधा तथा भाईबरमा सम्पर्क राख्न अनुरोध गरेको छ।
यता कोरोना कै कारण सफटबैकलाई ९६१ विलियन येन घाटा भएको जनाएको छ। गत वर्षको १४१ ट्रिलियन येन आम्दानीको दरमा घाटा भएको दावी गरेको छ।
प्रतिक्रिया राख्नुहोस्