जापान

पोखराका सुवेदीको जापानमा मस्तिष्कघातबाट निधन

पोखरा जिरोकिलो घर भई जापानको साईतामा स्थित रेष्टुरेन्टमा कार्यरत एक नेपालीको मंगलबार आकस्मिक निधन भएको छ।
सोमबार राती खाना खाएर परिवारसंगै सुतेका ३४ वर्षिय सुवीन सुवेदी मंगलबार विहान मृत अवस्थामा फेला परेका थिए। साईतामाको सिकी शहरमा बस्दै आएका सुवेदीलाई विहान श्रीमतीले उठाउन खोज्दा उनी अचल अवस्थामा मृत भेटिएका थिए।
घटना लगत्तै श्रीमतीले मृतक सुवेदीलाई नजिकका साथीभाईहरुलाई सम्पर्क गरि नजिकैको अस्पताल पुर्याएका थिए। कुनैपनि विरामी नभएका सुवेदीको टाउकोमा रगत जमेका कारण मस्तिष्कघातबाट मृत्यु भएको जापान प्रहरीले जनाएको छ। उनको विहान अस्पतालमा पोष्टमार्टम समेत गरिएको थियो।
घटनास्थल पुगेका कास्की पोखरा समाज जापानका उपाध्यक्ष सन्देश अधिकारीका अनुसार मृतक सुवेदीको संस्था तथा नजिकका परिवारको पहलमा जापानमै सदगत गर्ने तयारी थालिएको छ। शवलाई केही दिनभित्र सदगत गरिने अधिकारीले जानकारी दिनुभयो ।
मृतक सुवेदी चारवर्ष अघि कुक भिषामा जापान आएका थिए। उनको श्रीमती सहित एक छोरी छन।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.