राजनीति

ठूलाबडाका लागि अस्पतालको शैया सधैं हुने सर्वसाधारणले शैया खोज्दा खोज्दै ज्यान गुमाउनुपर्ने ?

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिक रुपमा शैया उपलब्ध छ वा छैनन् भन्ने जानकारी अनिर्वाय रुपमा वेवसाईट मार्फत उपलब्ध धराउन निर्देशन दिनुभएको छ ।

मोहनबहादुर बस्नेत

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सङ्घीय अस्पतालहरुले सामान्य र आक्समिक शैय्यामा भर्ना हुने र रिक्त शैययाको सङ्ख्या वेवसाईटमा दैनिक रुपमा अध्यावधिक गर्न निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “ठूला पदमा आसिन पदाधिकारीले तत्काल शैयया पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ । काठमाडौँमा बिरामी अस्पतालको शैयाको खोजिमा हिड्दा हिड्दादै मृत्युसम्म हुने गरेको छ ।”

मन्त्री बस्नेतले भन्नुभयो, “सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पताहरुले सात दिनभित्र अनिर्वाय रुपमा शैययामा भर्ना र रिक्त सङ्ख्याबारे वेव साईटमा जानकारी राख्नुपर्छ ।”

यस्तै, अस्पतालमा भिड व्यवस्थापन र सहजीकरणका लागि सङ्घीय अस्पतालमा बहिरङ्ग सेवामा अनलाईन टिकटको व्यवस्था १५ दिनभित्र गर्न निर्देशन दिनभएको छ ।

पत्रकार सम्मेलनमार्फत मन्त्री बस्नेतले वैदेशिक भ्रमणलाई वैज्ञानिक र व्यवस्थित बनाउन निर्देशन दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षभित्र भ्रमण भएका कर्मचारीको नामावली, सहयोगी निकाय र भ्रमणको उपलब्धीबारे विवरण माग गर्दै भन्नुभयो, “यहाँ (मन्त्रालय)मा रोगको रुपमा देखिएको समस्या हो, वैदेशिक भ्रमण । दुर्गममा खटिएका व्यक्ति कहिले अवसर नपाउने तर विषयविज्ञको नाममा पटक पटक विदेश भ्रमणमा जाने देखिएको छ । ”

स्वार्थ समूहको सहयोगमा वैदेशिक भ्रमणमा जाने क्रम रोक्न सकेसम्म वैदेशिक भ्रमण कम गर्ने र जानै परे औचित्य पुष्टि गरेर मात्र स्वीकृत दिने उहाँको भनाई थियो ।

मन्त्री बस्नेतले मन्त्रिस्तरीय निर्णयानुसार गठित अस्पताल उपकरण व्यवस्थापन सम्बिन्ध अनुगमन समितिको निष्कर्षको आधारमा समेत निर्देशन दिनुभयो । जसअन्र्तगत दुई वर्षसम्म प्रयोग नभएका वा हुन नसकेका स्वास्थ्य सामग्री र उपकरण फिर्ता लिने र आवश्यकता अनुसार अर्का अस्पतालमा वितरण गर्ने उहाँको निर्देशन छ ।

यस्तै, जनशक्ति र स्थान नभएका अस्पतालका लागि उपकरण खरिद गरेकाबारे स्पष्टीकरण सोध्ने, अस्पताललाई दुई वर्षको कार्ययोजना बनाएर पेश गर्न लगाउने र सबै सङ्घीय अस्पतालको उपकरण परिक्षण गर्न उहाँको निर्देशन छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.