जल/वातावरण

तीन बालिकासहित २५ जनामा कोरोना संक्रमण- संक्रमितको संख्या पुग्यो ४ सय २७

नेपालमा कोरोना संक्रमितको संख्या बुधबार दिउँसोसम्म ४ सय २७ पुगेको छ । बुधबार तीन बालिकासहित २५ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या ४ सय २७ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी (पश्चिम) जिल्लामा नयाँ २५ जना सङ्क्रमित फेला परेको जानकारी दिनुभयो ।

नयाँ थपिएकासँगै कुल सङ्क्रमित ४२७ जना पुगेका छन् । थपिएका सङ्क्रमित तीनदेखि ४८ वर्षका १८ पुरुष र सात महिला रहेका प्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । नयाँमा तीन बालिका छन् । नयाँ सङ्क्रमितमा बाँकेका छ जना छन् ।

नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० वर्षका तथा खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । कपिलवस्तुमा १३ सङ्क्रमित छन् । नयाँ सङ्क्रमितमा विजयनगरको क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुष छन् ।

महाराजगञ्ज गाउँपालिका ३, ४ र ६ वर्षीया बालिकामासमेत सङ्क्रमण देखिएको छ । सोही गाउँपालिकाका १६, २५ र ३२ वर्षीया महिला र चार पुरुषमा १२, २०, २४ र ३४ वर्षका छन् । धनकुटाका पाँच जनामा २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीय महिला तथा नवलपरासी ९पश्चिम०का सुस्ता गाउँपालिका ५ का पुरुष रहेको उहाँले बताउनुभयो ।

अहिलेसम्म सङ्क्रमितमा ३५८ पुरुष र ६९ महिला छन् । अहिलेसम्म ३८ जिल्लामा सङ्क्रमण देखिएको छ । यसैगरी कोशी अस्पतालमा उपचाररत रहेका उदयपुरका आठ जना पूर्णरुपमा निको भई घर फर्किएका छन् । अहिलेसम्म ४५ जना घर फर्किएका छन् । क्रिमसन अस्पतालमा रहेका सङ्क्रमितको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.