राजनीति

“बेलायतले भूतपूर्व गोर्खालाई बेलायत भित्र्याएर अर्बौं रुपैयाँ कमाएको तथ्य बुझौं”

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरुलाई स्वदेशमा बस्ने वातावरण बनाउनुपर्ने माग गर्नुभएको छ ।

बेलायत सरकारले वेन्सन खाइरहेका गोर्खा भूतपूर्व सैनिकहरुलाई बेलायतमा बसोबासको सुविधा दिएर आफ्नो पैसा आफ्नै देशमा राखे जस्तै सरकारले पनि सोही अनुसारको नीति बनाउन सुझाव दिनुभएको हो ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज उहाँले नीति तथा कार्यक्रममा सरकारले देशलाई कुन बाटोबाट अगाडि लैजाँदैछ भन्ने मार्गचित्र हुनुपर्ने बताउँदै सो सुझाव दिनुभएको हो ।

सरकारको नीति तथा कार्यक्रमले वर्तमान आर्थिक सङ्कटको योजना ल्याउन नसकेको टिप्पणी गर्दै सांसद लिङ्देनले देशको अवस्था सामान्य नरहेको र देशले आर्थिक सङ्कट भोगिरहेको अवस्थामा नीति तथा कार्यक्रममा यसको कसरी सामना गर्ने भन्ने समाधानका उपाय हुनुपर्ने उल्लेख गर्नुभयो ।

नीति कार्यक्रममा समस्या पहिचान र प्राथमिकता प्रष्ट छुट्याउन नसकेको उल्लेख गर्दै सांसद लिङ्देनले कतिपय विषयमा विरोधाभाष रहेको बताउनुभयो ।

रोजगारमूलक उद्योग खोल्ने, बिजुली सहुलियतमा दिने, दलले शेयर नखोज्ने, युनियनबाजी नहुनेजस्ता ग्यारेन्टी गर्नसके उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो ।

पर्यटनको पूर्वीय दर्शनको उद्गमथलो नेपाल भएको र बुद्ध तथा हिन्दूत्वको सरकारी तवरबाटै विकास गर्नुपर्ने सुझाव दिँदै सांसद लिङ्देनले पर्यटनको कुरालाई जोड्दा धार्मिक पर्यटनलाई बिर्सनु नहुनेमा जोड दिनुभयो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नीति तथा कार्यक्रममा सरकारले भनेजस्तै आर्थिक समस्या समाधानका उपाय उल्लेख छन कि छैनन् भन्ने सोचनीय विषय भएको बताउनुभयो ।

विप्रेषणमा भरपरेको अर्थतन्त्र पछिसम्मका लागि दिगो नहुने जिकिर गर्दै उहाँले जनताले समृद्धि र विकास खोजिरहेकाले सबै पार्टी भ्रष्टाचारविरुद्धको अभियानमा एकमत हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारीअनुसारको काम गर्नुपर्ने र राजनीति गर्नु छ भने राजिनामा गरेर आउन उहाँले सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.