जन सरोकार

जनजीविकाको उचित व्यवस्था र भूमि फिर्ताको माग गर्दै डा. केसीको दुई दिने सत्याग्रह

चिकित्सा शिक्षा र स्वास्थ्यसेवालाई आम जनताको पहुँचमा पुर्याउनुपर्ने मागसहित डेढ दर्जनपटक आमरण अनशन बस्नुभएका त्रिवि शिक्षण अस्पतालका अवकाश प्राप्त प्रा.डा. गोविन्द केसीले राष्ट्रियता र जनजीविकाको मुद्दा उठाउँदै दुईदिने सत्याग्रह घोषणा गर्नुभएको छ ।



यतिबेला दार्चुलामा रहनुभएका डा. केसीले सोमबार विज्ञप्ति जारी गरेर शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भस्मि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न माग गर्दै जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गर्नुभएको हो ।

त्यस्तै उहाँले विज्ञप्तिमार्फत आफ्नो विगतका अनसनमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पनि माग गर्नुभएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्तिलगायतका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन पनि केसीले माग गर्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button