राजनीति

“मैले दिएका स्वास्थ्य सामग्री अनुदानका हैन आफैंले किनेको हुँ”

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नो गृहजिल्लका विभिन्न अस्पतालहरुलाई दिनुभएको अक्सिजन सिलिण्डर तथा कन्सन्ट्रेटरहरु अनुदानमा आएको र मन्त्रीले आफ्नो प्रचार गरेको भन्दै सामाजिक सञ्जालमा चर्चा र आलोचना गरिएपछि उहाँले यसको खण्डन गर्नुभएको छ ।

मंगलबार सेती प्रादेशिक अस्पताल कैलालीमा अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले यी सामग्री विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताउनुभयो । उहाँले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको पनि स्पष्ट गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।” महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

जनताको सेवक

उहाँले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भन्नुभयो, “म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।”

मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उहाँको सचिवालयले जनाएको छ । मन्त्री आलेले आफ्नो व्यक्ति लगानीमा डोटी र सेती प्रादेशिक अस्पतालमा गरी कुल ११० अक्सिजन सिलिण्डर प्रदान गरिसक्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.