आठ वर्षअघि सुन्दरी प्रतियोगितामा सहभागी एक युवतीले आयोजकले आफूलाई पटकपटक बलात्कार गरेको कुरा सार्वजनिक गरेपछि वषौं अघि घटेका अन्य घटनाहरु पनि बाहिर आउन थालेको छ ।

मंगलबार काठमाडौंको सेन्ट लरेन्स कलेजका दुई शिक्षक पक्राउ परेका छन् । यस्तै बिहिबार सुनसरीको इटहरीस्थित ब्लूमिङ लोटस इङ्ग्लिस स्कुलकी विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा प्रहरीले तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई पक्राउ गरेको छ ।
कक्षा नौमा अध्ययनरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार प्रिन्सिपल खड्कालाई पक्राउ गरेको हो ।
खड्काले १५ वर्षीय छात्रालाई घुमाउने र औषधि उपचार गरी दिने भन्दै विसं २०७४ भदौ २६ गते गेष्ट हाउसमा लगेर स्कुल रेष्टिकेट गरिदिने धम्क्याएर बलात्कार गरेका थिए ।
प्रहरी उपरीक्षक एवम् उप निर्देशक कमल थापाले पछि खड्काले विवाह गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरिदिने धम्की दिँदै पटक–पटक मानसिक तनाव र जबरजस्ती करणी गर्ने गरेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्