क्रिकेटखेल

मुम्बईलाई पराजित गर्दै गुजरात आईपीएलको फाइनलमा 

उपाधिको लागि चेन्नाईसँग खेल्ने  

गुजरात टाईटन्स भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गर्दै गुजरात फाइनलमा प्रवेश गरेको हो ।

आईपीएल

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदान अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३३ रन बनाएको थियो । गुजरातका लागि ओपनर शुभमन गिलले ६० बलमा ७ चौका र १० छक्काको सहयोगमा १२९ रनको शतकीय पारी खेले भने साई सुदर्शन ४३ रन बनाउँदै रिटायर्ड आउट भए ।

यी दुईले दोस्रो विकेटको लागि १३८ रनको साझेदारी गरे । त्यस्तै कप्तान हार्दिक पान्ड्या २८ र राशिद खान ५ रनमा अविजित रहँदा ऋद्धिमान शाहले १८ रन बनाए । मुम्बईका लागि पीयुष चावला र आकाश मधवालले समान १-१ विकेट लिए ।

गुजरात

गुजरातले दिएको २३४ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ दशमलब २ ओभरमा अलआउट हुदै १७१ रन मात्र बनायो । मुम्बईका लागि सुर्यकुमार यादवले ६१ रनको अर्धशतकीय पारी खेले भने तिलक बर्माले १४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाए ।

यस्तै क्यामरन ग्रीनले २० बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहारो अंकमा रन बनाउन सकेनन् । गुजरातका लागि मोहित शर्माले ५ विकेट लिए भने मोहम्मद सामी र राशिद खानले समान २-२ विकेट लिँदा जोशुवा लिटिलको भागमा १ विकेट रह्यो ।

मुम्बई

साबिक विजेता गुजरात लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । अब उपाधिको लागि गुजरातले  आइतबार चेन्नाई सुपर किंग्ससँग भिड्नेछ । पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै चेन्नाईले फाइनलमा स्थान बनाईसकेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.