स्वास्थ्य

संक्रमण हुने र निको हुनेको संख्यामा ठूलो अन्तरमा

केही दिनयता नेपालमा कोरोना संक्रमण हुने र निको हुने संक्रमितको संख्यामा सकारात्मक अन्तर देखिन थालेको छ । संक्रमितभन्दा निको हुनको संख्या निकै बढी हुने क्रममा ९ हजार ८ सय ४१ जना कोरोनाबाट मुक्त भएका छन् । पछिल्ला दिनमा निको हुनेको दर बढ्दै गएको छ ।

शुक्रबार पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणबाट ६ हजार ९ सय ५१ संक्रमित थपिएका छन् भने त्योभन्दा धेरै बढी संक्रमित निको भएका छन् । एकै दिन कोरोनाबाट निको हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । मन्त्रालयका अनुसार हाल निको हुनेको दर ७८.१ प्रतिशत रहेको छ ।

कुल २० हजार १ सय १० जनाको नमुना परीक्षण गरिएको थियो । जसमध्ये पिसिआर १९ हजार ३ सय १३ र एन्टिजेन परीक्षण ७ सय ९७ जनाको गरिएको थियो ।

हालसम्म ५ लाख ४९ हजार १११ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ लाख २८ हजार ६७० जना निको भएका छन् । हाल देशभर १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन् ।

यसै गरी थप ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यी सहित हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.