फोटो फिचर

तस्बिरमा १९ औं गणत्रन्त्र दिवस- २०८३ (फोटोफिचर)

राष्ट्रपति रामचन्द्र पौडेलको विशेष उपस्थितिमा गणतन्त्र दिवस मनाइएको छ । शुक्रबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो ।

सरोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृृष्टि गर्नुका साथै राष्ट्रिय झण्डा फहराइएको र शान्तिको कामना गर्दै परेवा उडाइएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरी बलका तर्फबाट ‘मार्चपास’ गरिएको थियो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहबाट मुलुकको मौलिक कला संस्कृति झल्कने झाँकी प्रस्तुत भएको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवं गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष वालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद आर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागीत रहेको थियो ।

त्यसै गरी, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सांसद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सुरक्षा अङ्गका प्रमुख तथा पदाधिकारी, स्थानीय तहका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, राष्ट्रसेवक कर्मचारी उपस्थित हुनुहुन्थ्यो ।

तस्बिरहरु किरणराज विष्ट/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.