अर्थमन्त्री डा. वाग्लेद्वारा बजेट पुस्तिका सार्वजनिक
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयार पारेको छ । अर्थ मन्त्रालयले तयार गरेको बजेटलाई आज शुक्रबार मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ ।
मन्त्रिपरिषदले बजेट अनुमोदन गरेपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले तयार बजेटको पुस्तिका सार्वजनिक गर्नुभएको छ । आजै अपरान्ह ४ बजे बस्ने संसदको संयुक्त बैठकमाबजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।
बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डा. वाग्लेले बताउँदै आउनुभएको छ ।
आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ ।
हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गरिने संवैधानिक व्यवस्था छ । अर्थमन्त्री वाग्ले अर्थ मन्त्रालयबाट बजेट बोकेर संघीय संसद् भवनतर्फ प्रस्थान गर्नुभएको छ ।



प्रतिक्रिया राख्नुहोस्