जापान

जापानी डुंगा र चालकदलका सदस्य रुसको कब्जामा- रिहाईको माग

रुसले एक जापानी डुंगा नियन्त्रणमा लिएको जनाएको छ । शुक्रबार रुसी अधिकारीहरुले रुसको विशिष्ट आर्थिक क्षेत्रभित्र चलाएको आरोपमा डुंगा नियन्त्रणमा लिएको बताएका छन् । उनीहरुले माछामार्ने डुंगा र डुंगामा रहेका १४ माझीहरुलाई नियन्त्रणमा लिएर सखालिनको एक बन्दरगाहमा लगिएको छ ।

रुसी अधिकारीहरुले आफ्नो क्षेत्रमा डुंगा प्रवेश गरेपछि गोली चलाएर उनीहरुलाई भाग्न रोकिएको थियो । डुंगा नियन्त्रणमा लिएपछि छानबिन गर्दा समुद्री गंगटा भेटिएको थियो । यो डुंगा अहिले दक्षिणी सखालिनको कोसौकोव बन्दरगाहमा छ ।

एडहोमारु नामक यो माछामार्ने डुंगा जापानको होक्काइदो प्राप्तस्थित वाक्कानाई शहरको एक सहकारी समितिको हो । डुंगामा चालक दलका १४ सदस्य रहेका छन् । सहकारी मितिले भने रुसको आरोप अस्वीकार गर्दै कुनै नियम उल्लंघन नगरेको दावी गर्दै तत्काल सबैको रिहाईको माग गरेको छ ।

समितिका अनुसार डुंगा केपसोयादेखि लगभग ८० किलोमिटर पूर्व जापानको विशेष आर्थिक क्षेत्रभित्र संचालन भैरहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button