अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–२० क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आइतबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको हो ।
यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११औँ स्थान हो । टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा भारत छ भने दोस्रोमा इंग्ल्यान्ड तथा तेस्रो स्थानमा अस्ट्रेलिया रहेका छ ।
त्यसैगरी चौथो स्थानमा न्युजिल्याण्ड छ भने पाँचौँ स्थानमा दक्षिण अफ्रिका रहँदा छैटौंमा पाकिस्तान, सातौंमा वेस्ट इन्डिज, आठौँमा बंगलादेश, नवौंमा श्रीलंका र दशौँमा अफगानिस्तान रहेका छन् ।




प्रतिक्रिया राख्नुहोस्