जन सरोकार

लकडाउनमा पनि तस्करी- एपीएफ टोलीद्वारा लागूऔषध र यूरिया मल बरामद

लकडाउन भए पनि भारतबाट लागूऔषध तथा अवैध सामान ओसारपसार रोकिएको छैन । यसै क्रममा सर्लाही जिल्लाको मलंगवा नगरपालिका ६ स्थित सीमा ईलाकाबाट जेठ १९ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक शिवशंकर चौधरीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

तसकरले प्रहरी लाई देख्नासाथै निजले बोकेको पोका सोही ठाउँमा छाडी भागी फरार भएपछि सो पोकामा जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा एक सय एमएलको ५० बोतल वालरेक्स र एक सय एमएलको ५० बोतल डाईलेक्स फेला परेपछि बरामद गरिएको हो ।

उता रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौली स्थित सीमा ईलाकाबाट जेठ १९ गते एपीएफ टोलीले करीव एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको युरिया मल, चिनी, लत्ताकपडा, किराना सामान र हार्डवेयरका सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणबाट सशस्त्र प्रहरी निरीक्षक मिनराज भट्टको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भैरहवा भन्सार कार्यालय वेलहियामा बुझाईएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.