राजनीति

राप्रपाद्वारा मेलम्चीमा अक्सिजन उत्पादन उपकरण सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेलम्ची नगरपालिकास्थित मेलम्ची स्वास्थ्य केन्द्रलाई हाइड्रोजन अक्सिजन जेनेरेटर विथ निबुलाइजर मेसिन हस्तान्तरण गरेको छ । करीब २९ लाख ७३ हजार मूल्य बराबरको उक्त मेसिन सो पार्टीका केन्द्रीय अध्यक्ष पशुपतिशम्शेर जबराले आज जुम मिटिङ मार्फत स्वास्थ्य केन्द्रका प्रमुख डा आशिष श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष राणाले भूकम्पलगायत विभिन्न विपत्तिमा निरन्तर सहयोग गरेको गरेको र कोरोना महामारीको यो विषम स्थितिमा पनि जिल्लाबासीलाई सहयोगको गरिएको बताउनुभयो । ा उहाँले कोरोना संक्रमण रोकथामका लागि अग्रपङ्क्तििमा रहेर देश र जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीको प्रशंसा पनि गर्नुभयो ।

चाइना फाउण्डेसन फर पिस एण्ड डेपलपमेन्टको सौजन्यमा राप्रपाद्वरा प्राप्त उक्त मेसिनले अक्सिजन उत्पादन गर्ने र भेन्टिलेटको समेत काम गर्ने भएकाले समुदायमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट मानिसहरुलाई बचाउन सहज हुने स्वास्थ्य केन्द्रका डा।श्रेष्ठले बताउनुभयो ।

राप्रपाले जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रमा अक्सिजनको सिलिन्डर लगायत अन्य स्वास्थ्य सामग्री सहयोग गर्दै आउनुका साथै थप सहयोगको लागि पहल भईरहेको जिल्ला अध्यक्ष गोपालनरसिंह श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना भाइसबाट जिल्लामा हालसम्म संक्रमितको संख्या तिन हजार दुईसय ३६, सक्रिय संक्रमितको संख्या २५ सय ८६ र मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.