रास्वपा रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिमा द्रोण खड्का निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै खड्का निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा खड्काले ४२ मत तथा चन्दले ३० मत प्राप्त गर्नुभयो । कुल ११३ जना मतदाता रहेकामा ७३ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ ।
उपसभापतिमा २२ मत प्राप्त गरी रिमप्रसाद शर्मा निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी रवीन्द्रकुमार विष्टले २० मत प्रात गर्नुभएको थियो ।
त्यस्तै, सचिव पदमा दीपेन्द्रराज विष्टले ५८ मत र निटक प्रतिस्पर्धी नवराज मल्ले १४ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ । सहसचिवमा प्रेम बाँठा मगर तथा सदस्यमा नीरज गिरी, यामराज डाँगी , लोकबहादुर गिरी, विनोद बटाला र रमेश गिरी विजयी हुनुभएको छ ।
त्यस्तै, महिला सदस्यमा कल्पना विष्ट र सुनिता केसी निर्विरोध निर्वाचित हुनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई रास्वपा कर्णाली प्रदेशका महामन्त्री ललित चन्दले शपथ दिलाउनुभयो । नवनिर्वाचित अध्यक्ष खड्काले जिल्लामा रास्वपालाई पहिलो पार्टीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्