जन सरोकार

विभिन्न हातहतियार तथा लागूऔषधि सहित पक्राउ

मोरङ, केराबारी गाउँपालिका ९ देबिझोडा बस्ने ५१ वर्षीय गणेश कुमार लिम्बु र बेलबारी नगरपालिका २ लालभित्ति बस्ने ४१ वर्षीय पदम कुमार लिम्बुलाई विभिन्न हतियार सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले गणेशको घर तलासी गर्दा भान्सा कोठाबाट १ थान कटुवा पेस्तोल, थ्रिनटथ्री राईफलको गोली ५ थान, गोली लोड गर्ने चाचर २ थान र पेस्तोलको गोली १ थान तथा गणेशको घर आँगनमा पार्क गरेको पदम कुमारको को १ च ८३६८ नम्बरको कार तलासी गर्दा १ थान खुकुरी र १ थान चक्कु समेत फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसै गरी मकवानपुर, भिमफेदी गाउँपालिका ८ महाभिर गाउँस्थित सार्वजनिक खाली जग्गाको खाल्डोमा लुकाई राखेको १ थान एकनाले भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सडकबाट करिब १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजबिराज नगरपालिका ७ बस्ने २४ वर्षीय कृष्ण कुमार साह र सोही नगरपालिका १६ बस्ने २५ वर्षीय पंकज यादव रहेका छन् ।

स १० प ५१०२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै सुनसरी, भोक्रहा नर्सिङ गाउँपालिका ८ सिसुवा धरमपुरस्थित मकै बारीबाट करिब १ सय २ केजी अवैध लागूऔषध गाँजा मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त मकै बारीमा लागूऔषध गाँजा फेला परेको भन्ने सशस्त्र प्रहरी बलको टोलीले खबर गर्नासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.