जापान

नोभेम्बरसम्म सबै जनतालाई खोप लगाउने लक्ष्य

जापानमा लगभग १० प्रतिशत जनसंख्यालाई खोपको पहिलो मात्रा लगाइएको

प्रधानमन्त्री योशिहिदे सुगाले सरकारले आउँदो नोभेम्बरसम्म इच्छुक सबैलाई कोरोना भाइरस खोप लगाउने लक्ष्य लिएको बताउनुभएएको छ ।

बुधबार संसदमा बोल्दै प्रधानमन्त्री सुगाले अक्टोबर वा नोभेम्बरसम्म खोप लगाउन चाहने र आवश्यकता भएका सबैलाई लगाइसकिने बताउँदै आफू स्वयं ोप अभियान र संक्रमण रोकथामको नेतृत्व समेत गर्ने बताउनुभयो ।

स्मरण रहोस् जापानमा गत फेब्रुअरीदेखि नै वृद्धवृद्धा तथा चिकित्साकर्मीहरुलाई खोप लगाउन सुरु गरिएको थियो । खोप अभियानलाई गति दिन विभिन्न कम्पनी तथा विश्वविद्यालयहरु सहयोगी हात बढाउन तयार रहेको बताइरहेका छन् ।

यसबीचमा जुन २१ देखि उनहिरुलाई आफ्ना कर्मचारी तथा विद्यार्थीहरुलाई खोप लगाउन अनुमति दिइनेछ । अहिलेसम्मम जापानमा लगभग १० प्रतिशत जनसंख्यालाई खोपको पहिलो मात्रा लगाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.