बिचार

घुयँत्रो- “फेरि तात्यो दरबार हत्याकाण्डको राजनीति”

जेनजी उर्फ रास्वपा नेता सुदन गुरुङ मंगलबार मात्रै फेरि गृहमन्त्री भएर आएका छन् । आजभन्दा करिब २ महिना अघि उनीमाथि सम्पति विवरण र केही कुराहरुमा प्रश्न उठेपछि छानविनमा सहयोग पुर्याउन भन्दै उनले राजीनामा दिएर क्लीन चिट लिएपछि मात्रै मन्त्रीमा फर्कने प्रण गरे ।

सोही अनुसार उनीमाथि छानविन गरेर छानविन समितिले क्लिन चिट दिएपछि प्रधानमन्त्रीले बुधबार मात्रै उनलाई गृहमन्त्रीमा नियुक्त गरेछि गृहमन्त्री पद ग्रहण गरेर शपथ गरे सँगै २ वटा कुरा गर्ने प्रण गरेका छन् ।

त्यसरी प्रण गरिएका कुरामा यौटा २०५८ जेठ १९ मा राजा वीरेन्द्रको बंश नाश गर्न लागिपरेका अपराधीहरु र गएको भदौ २३ र २४ को आन्दोलनमा सर्वोच्च अदालत हुँदै राष्ट्रपति भवन, सिंहदरबारका साथै तत्कालीन अवस्थाका नेताहरुका घर छानिछानि आगो लगाउने जेनजीहरुलाई सफाई दिने भन्ने र उनीहरुलाई कहिल्यै पनि कार्वाही नहुने गरी क्लिन चिट दिने उद्घोषणाका साथ सुदन गुरुङले गृह मन्त्रालय सम्हालेका छन् ।

राजा वीरेन्द्रको परिवारको हत्याका विषयमा तत्काल गठन गरिएको तारानाथ रानाभाटको अध्यक्षताको आयोगले दोषी पत्ता लाउन नसकेर २५ वर्षदेखि घटनाका दोषीहरु उम्केर बसिरहेका बेला उक्त दरवार हत्याकाण्डको खोजी नीति हुन थालेपछि अपराधीहरुमा हडकम् मच्चिएको हुन सक्दछ ।

नेपालमा जति पनि विषयको छानविन गर्न आयोग वनेका थिए ती सबैले कसैला पनि न त निर्दोष न त अपराधी नै घोषणा गरेर कार्वाही गराएका छन् बरु उल्टो पेण्डुलम खालका प्रतिवेदन बनाएका छन् । त्यसैले जनताले कुनै पनि आयोगको विश्वास गर्दैनन् । र, आयोगका प्रतिवेदनहरुनि सरकारले थन्क्याएर राख्ने गरेको देखिन्छ ।

त्यसैले सुदन गुरुङले घोषणा गर्ने आयोगले नि किटानी साथ हत्यामा संलग्न ब्यक्ति भनेर भन्नसक्ने अवस्था आउला जस्तो लाग्दैन । न त हिजोको पुराना दलको सरकार होस वा आजको जेनजीको सरकार होस् । यद्यपि ऐले आएका जेनजी मन्त्री सुदन गुरुङले वीरेन्द्रको परिवारको हत्यामा संलग्नलाई पत्ता लगाएर कार्वाही गर्ने कुरा त उठाएका छन् तर जनताले त्यो कुराको विश्वास गर्दैनन् ।

चारैतिर सेनाको घेरामा रहेको राजपरिवार र उनीहरुको हत्यारालाई खोज्न तत्काल गठन गरिएको रानाभाटको समितिले त सकेन भने ऐले २५ वर्षपछि आएर कुनै मन्त्रीले भावनामा वगेर हत्यारा पत्ता लगाएरै छोडछु भनेर अघि बढदा त्यो कुरालाई कति विश्वाश गर्ने वा नगर्ने त्यो पनि आफ्नै ठाउँमा छ ।

किनभने समयको अन्तरालले कति प्रमाण नष्ट भै सके होलान अनि त्यो देख्ने कति मान्छे कता कता पुगिसके होलान र र हत्याराहरु विदेशतिरै पलायन भै सकेका पनि हुन सक्छन ।

राजपरिवारको हत्या तत्कालीन अवस्थामा सेनाहरुकै ४ घेरामा भएकाले पुराना दलका नेता तथा आयोग सेनाका विरुद्ध आवाज उठाउन सक्ने अवस्थामा थिएन । त्यसैले कुनै सेनाको मान्छेलाई अपराधमा संलग्न भएको भनेर किटान गर्न नसक्ने अवस्था नरहेकै कारण मृतक युवराज दीपेन्द्रलाई नै हत्यारा करार गरेर घटनालाई सामसुम पार्न खोजिएको पनि हुन सक्दछ ।

तर, देशमा भएको जेनजी आन्दोलन अनि त्यसबाट सृजित परिस्थिति एक्कासी उदाएको नयाँ दल र फागुन २१ को चुनावमा आएको दुई तिहाईको सरकारका गृहमन्त्रीले उक्त घटनालाई खोदलेर अपराधी पत्ता लगाउने जुन जोश जाँगर देखाएका छन के त्यसमा उनी सफल होलान त

तर, उनले गरेको घोषणा र सजाय गराएरै छोडने ब्यक्त दृढताले ऐले राजनीति नै तरंगित भएको छ । हेरौँ समयले के के हेर्न लेखेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.