राजनीति

"आज ऐतिहासिक दिन बिरोध प्रदर्शन हैन- एकताबद्ध बनौं"

सरकारले गरेका कतिपय काममा असन्तुष्ट रहेकाहरुबाट देशका विभिन्न भागमा केही दिनयता बिरोध प्रदर्शन भैहेको र आज शनिबार (जेठ ३१ गते) पनि कार्यक्रम तय भएको छ । आज नेपालको राजनीतिक इतिहासमा अर्को एउटा महत्ववूर्ण दिन हुँदा बिरोध प्रदर्शन नगर्न सुझाव आउन थालेको छ ।

अहिले सरकारबिरुद्ध भैरहेको प्रदर्शनको नेतृत्व कसले गरेको भन्ने भेउ कसैलाई छैन, सत्ताधारीका निकटहरु यो बिरोध प्रदर्शन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन भारत र अमेरिकाले गराएको भन्ने आरोपसहित सामाजिक सञ्जाल रंगाइरहेका बेला आज नेपालको नयाँ नक्सासहितको संविधान संशोधन हुने भएकाले बिरोध प्रदर्शन नगर्न आव्हान गरिएको हो ।

यसक्रममा साझा पार्टीले सरकारविरुद्ध जारी प्रदर्शन स्थगन गर्न आम नागरिकलाई अपील गर्दै संसदबाट नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन गर्न लागिएको ऐतिहासिक दिनमा सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न आह्वान गरेको छ ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘साझा पार्टी सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संसोधन गर्ने संसदको ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसदभित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न हार्दिक आह्वान गर्दछ ।’

त्यसै गरी संविधानविद डा. भीमार्जुन आचार्यले सामाजिक सञ्जाल फेसबुबमार्फत शनिबारको बिरोध प्रदर्शन बन्द गर्न आव्हान गर्नुभएको छ । उहाँले जेठ ३१ गते संविधान संशोधनको पक्षमा संसदमा मतदानका लागि सरकार, संसद्, राजनीतिक दल र नागरिकहरु सबैले राष्ट्रिय अखण्डताको पक्षमा एउटै मत ब्यक्त गरेको अवस्थामा शनिबा सरकार बिरूद्धको आन्दोलन रोकेर कम्तीमा एक दिन राष्ट्रको नाउँमा सँगै रहन सक्दैनौ भन्ने प्रश्न गर्नुभएको छ ।

एउटाा विचारणीय कुरा के छ भने यदि आजको आन्दोलन देशभर स्थगित भयो भने यो आन्दोलन देश र जनताको हितका लागि स्वस्फूर्तरुपमा भएको प्रमाणित हुनेछ र यसले अरु शक्ति आर्जन गर्नेछ हैन, आन्दोलन जारी रह्यो भने यसमाथि भैरहेका नकारात्मक टिप्पणीले नै बल पाउनेछ । किनभने आज भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने एउटा चरणको महत्वपूर्ण र सबै नेपालीले गौरब गर्ने दिन हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.