जन सरोकार

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो अखाद्य वस्तु, दुई लाख जरिवाना

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु दुई लाख एक हजार जरिवाना गरेको छ ।

विभागले शुक्रबार गरेको अनुगमनका क्रममा सो क्यान्टिनमा घुन लागेको १७ किलो चनाको दाल, ओसिएको ११ किलो नेपाली बदाम र १४ वटा फुटेको अण्डा भेटिएको थियो । विभागको टोलीले रु छ हजार पाँच सय ६० बराबरका ती अखाद्य वस्तु नष्ट गरेको छ ।

उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको थियो । विभागले शुक्रबरी भक्तपुरको चाँगुनारायण नगरपालिका–३ स्थित जय छुमा गणेश शुद्ध खानेपानी प्रालिलाई खरिद बिल नराखेको पाइएपछि रु १० हजार जरिवाना गरेको छ ।

शुक्रबार उपत्यकाका १२ वटा फर्म तथा व्यापारिक संस्थाको अनुगमन गरिएको विभागले जनाएको छ ।

तस्वीर साैजन्यः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीको सचिवालय

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.