विश्व समाचार

सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी

इरानी विदेश मन्त्री अब्बास अराघचीले अन्तरिम सम्झौता कार्यान्वयन नभएसम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने र पुर्व निर्धारित प्रावधानहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताउनु भएको छ ।

इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) सँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौता पछि संयुक्त राज्य अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने, र दायित्व पूरा भए पछि मात्र स्थिति सहज हुने बताउनु भएको छ ।

समझदारी तथा ज्ञापन-पत्रका प्रावधानहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नहुने इरानी विदेश मन्त्रीलाई उद्धृत गर्दै आइआरआइबीले जनाएको छ ।

अराघचीले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् भित्र सामूहिक रूपमा निणय गरिने र सम्झौता स्वीकृत भएमा हस्ताक्षर गरिने बताउनु भएको छ ।

उहाँले अमेरिकी अधिकारीहरूले सम्झौताको पूर्ण पालना गर्न नसक्ने आरोप लगाउँदै इरानले कार्यान्वयन चुनौतिहरूको अपेक्षा गरेको पनि चेतावनी दिनु भएको छ ।

यस्ता प्रतिवद्धताहरु तोड्नु अमेरिकी राजनीतिज्ञहरूको स्वभाव भएको बताउँदै उहाँले सम्झौता कार्यान्वयन नगरी अवरोधहरू सिर्जना गरेमा अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताउनु भएको छ ।

आफ्नो सुरक्षाको ग्यारेन्टीका लागि सुरक्षा परिषद्, संयुक्त राष्ट्र सङ्घ वा अन्तरक्षेत्रीय गठबन्धनमा भर नपरी भगवान, जनता र आफ्नै सशस्त्र सेनाको समन्वयमा अगाडी बढ्ने उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.