अर्थसमाचार

नेपाल–बङ्गलादेश सम्बन्धमा विद्युत् सम्झौता कोसेढुङ्गा सावित हुने विश्वास

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बङ्गलादेशबीचको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौताले अझ मजबुद बनाएको बताउनुभयो ।

राजदूत चौधरीले दुई देशको सम्बन्धमा विद्युत् प्रसारण लाइन कोशेढुङ्गा सावित हुने विश्स व्यक्त गर्नुभयो । उहाँले यहाँस्थित बङ्गलादेशी राजदूतावासले २३ जुनमा कला प्रदर्शनीको आयोजना गर्न लागेकामा उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गर्नुभएको उपप्रधानमन्त्रीको सचिवालले जनाएको छ ।

विश्व मातृभाषा दिवसका सन्दर्भमा जुन २३ मा ‘लभ एण्ड ल्याङ्ग्वेज’ शीर्षकमा हुने कला प्रदर्शनीमा नेपालका ३५ कलाकारको कला प्रदर्शन हुने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.