स्वास्थ्य

नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप

परिवर्तित रुप बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने

नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा भेटिएको डेल्टा भरियन्टको परिवर्तित रुप फेला परेको जनाएको छ । ​भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्वयन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमुनामा फेला परेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभएको छ ।

उहाँका अनुसार नमुना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप के ४१७ एन म्युटेसन देखिएको बताए । यसलाई एवाई १ नाम दिइएको छ ।

यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो ।

नेपालमा अहिलेसम्म अल्फा बी.१.१.७ र डेल्टा बी.१.६१७.२ तथा कप्पा बी.१.६१७.१ भेरियन्ट पुष्टि भएको छ । यो नयाँ भेरियन्ट नभएर डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको मन्त्रालयले बताएको छ ।

मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको संक्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.