कर्णालीप्रदेश

कर्णाली प्रदेश अस्पतालमा आउने सामान्य बिरामीमा पनि कोरोना संक्रमण

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि पनि सुर्खेतकै चिङ्गाड गाँउपालिका दुईजना स्वाथ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

खास गरी दैलेखबाट आएका अन्य सामान्य बिरामीलाई परीक्षण गर्दा कोरोनाको संक्रमण देखिन थालेको छ । सामान्य बिरामी भएर प्रदेश अस्पतालमा आएका बिरामीहरुमा पनि कोरोना पोजेटिभ देखिन थालेपछि अस्पतालको सेवा अवरुद्ध हुने सम्भावना देखिएको छ ।

समाचार अनुसार प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएका पाँजनालाई आईसोलेसनमा राखिएको छ ।

गत जेठ ३१ र ३२ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकामध्येका पाँचजनालाई कोरोना संक्रमण देखिएको हो । उपचारमा संलग्न ४५ जनालाई क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गरिएको थियो ।

अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार प्रदेश अस्पतालको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित चारजना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

उहाँका अनुसार स्वास्थ्यकर्मीको अभाव झेलिरहेको प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी नै आईसोलेसन र क्वारेन्टिनमा बस्नु परेपछि अस्पतालका सेवा प्रभावित भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.