क्रिकेटखेल

एकदिवसीय विश्वकप छनोटमा नेपालको फराकिलो हार, वेस्ट इन्डिज १०१ रनले विजयी

जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपाल टेष्ट राष्ट्र वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ ।

एकदिवसीय विश्वकप छनोटमा नेपालको फराकिलो हार

जिम्बावेको राजधानी हरारे स्पोर्टस् क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनायो । वेस्ट इन्डिजको लागि कप्तान साइ होप र निकोलश पुरनले शतकीय पारी खेल्दै क्रमश: १३२ र ११५ रन बनाए । त्यस्तै ब्रानडन किङ्ग ३२ रन बनाई आउट भए भने रोमन पावेलले २९ रन जोड्दा जेसन होल्डर १६ रनमा अविजित रहे ।

नेपालको लागि ललित नारायण राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऎरी र गुलशन झाको भागमा समान १-१ विकेट रह्यो । ३४० रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल नेपालले ४९ दशमलब ४ ओभरमा अलआउट हुँदै २३८ रन मात्र बनायो ।

वेस्ट इन्डिजले दियो नेपाललाई जितको लागि ३४० रनको लक्ष्य 

नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले भने गुलसन झाले ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३० आसिफ शेखले २८ र करण केसीले २७ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए । वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ विकेट लिए भने अल्जारी जोसेफ, किमो पल र अकिल होसेनले समान २-२ विकेट लिंदा कायल मेयर्सको भागमा १ विकेट रह्यो । ।

नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेसँग ८ विकेटले पराजित हुँदा दोस्रो खेलमा अमेरिकालाई ७ विकेटले पराजित गरेको थियो भएको थियो भने वेस्ट इन्डिजले भने अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । जितसंगै वेस्ट इन्डिज २ खेलमा ४ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ भने समान ३ खेलमा २ अंक जोडेको नेपाल चौथो स्थानमा झरेको छ । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

छनोट प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई रहेका छन् । विश्वकप छनोटको अब नेपालले अन्तिम तथा चौथो खेल २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.