राजनीति
एमाले उपाध्यक्ष विष्णु पौडेललाई सात दिन थुनामा राख्न अदालतको अनुमति
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
मंगलबार विशेष अदालत काठमाडौँले पहिलो पटकका लागि सात दिन हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण विभागलाई अनुमति दिएको हो। विभागले भने २० दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।
उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उहाँलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।




प्रतिक्रिया राख्नुहोस्