जन सरोकार

आलुको बोरामा लुकाएर ल्याउँदै गरेको साढे तीनलाख रुपैयाँसहित २ जना पक्राउ

सशस्त्र प्रहरी पर्साले आलुको बोराभित्र लुकाएर ल्याउँदै गरेको ३ लाख ५३ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

समाचार अनुसार सशत्र प्रहरी बोर्डर आउट पोस्ट छिपहरमाई भिस्वाको टोलीले आलुको बोरामा लुकाएर नेपाल भित्र्याउँदै गरेको अवस्थामा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–२ का ३३ वर्षीय जन्मजय यादव र २० वर्षीय रञ्जन बैठालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट एक हजार, पाँच सय, एक सय, ५०, २०, १० र ५ दरका नोट गरी कुल ३ लाख ५५ हजार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको रकमको स्रोत खुलाउन उनीहरूले नसकेको सशत्र प्रहरीको दाबी छ । सशस्त्र प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर २२ भी ३८२५ भारतीय नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.