जन सरोकार
यस्तो छ बाढीपछिको मेलम्ची बजार (फोटो फिचर)
बाढी पहिरोका कारण पाँच जनाको मृत्यु, चार सय परिवार विस्थापित भए
सिन्धुपाल्चोकमा असार १ गतेपछि परेको अविरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण पाँच जनाको मृत्यु, चार सय परिवार विस्थापित भएका छन् ।

सबै स्थानमा गरी तीन सय ३७ वटा घर र ६० वटा गोठ, छ वटा मोटरेवल पुल र १३ वटा झोलुङ्गे पुल बगाएको छ । यसै गरी हेलम्बु–२ को किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको छ भने दुई वटा विद्यालय) सरस्वती मावि हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम रहेका छन् । विभिन्न स्थानमा सडक मार्ग भत्किएर बगरमा परिणत भएका छन् ।
नदी किनारका बस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात बन्द भएको भएको छ । बाढी आएको डेढ हप्तापछि यस्तो देखियो मेलम्ची बजार तस्वीरहरुमा-
प्रतिक्रिया राख्नुहोस्