राजनीति

​रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको । पुरुषतर्फ यसअघि उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित हुनुभएको हो ।

पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका हुन् । श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावकसमेत बस्दै नयाँ नेतृत्व चयनमा एकताको सन्देश दिनुभएको छ ।

यसअघि पार्टीको केन्द्रीय नेतृत्व अन्तर्गत सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन् । रास्वपाको परिमार्जित विधान अनुसार पार्टीमा एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.