राजनीति

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गर्नुभएको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोक्नुभएको बैठक पुनः सरेको जानकारी दिनुभएको हो । यसअघि यही असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो ।

चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.