खेलफूटबल

नेदरल्यान्ड्स समूह विजेता बन्दै विश्वकपको नकआउट चरणमा, ट्युनिसिया ३–१ ले पराजित

नेदरल्यान्ड्स समूह ‘एफ’को विजेता बन्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा ट्युनिसियालाई ३–१ गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको तेस्रो मिनेटमा ट्युनिसियाका इलएस सखिरीले आत्मघाती गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको सातौं मिनेटमा नेदरल्यान्ड्सका ब्रायन ब्रोबेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा खेलको ५६ औं मिनेटमा ट्युनिसियाले हाजेम मस्तुरीले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए ।

तर खेलको ६२ औं मिनेटमा नेदरल्यान्ड्सका जान पल भान हेक्केले गोल गर्दै टोलीलाई ३–१ को जित दिलाए । जितसँगै नेदरल्यान्ड्स तीन खेलमा तालिकामा सात अंक जोड्दै समूहको विजेता बन्दै राउन्ड अफ ३२ मा पुगेको छ ।

समुह ‘एफ’ जापान पाँच अंकसहित समूहको उपविजेता र स्विडेन चार अंक सहित तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेका छन् । यता ट्युनिसिया भने जितविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.