युवाको भरोसा जोगाउने चुनौतीमा रास्वपा
भदौरे आन्दोलनको नेतृत्व गर्दै फागुन २१ को चुनाबाँ देशैभरियाट उठ्या २२ से २४ से उमेरदेखि ३ बीस नकट्या जेनजीसम्मले कल्पनै नगर्ने गरी जनताले जिताका जेनजीहरको पाटी रास्वपाले नि पैलो महाधिबेशन गरेर अब यो रवि लाम्छान्या पाटी नभएर रास्वपा पाटी हो भनेर चितवनाँट लाईसेन्स प्राप्त गर्यो ।
बिचरा रविलाई यो लाईसेन्स लिन यति हत्तु गराईदे कि के कुरा गर्नु ! असार ७-९ तीन दिनका लागि आयोजना गर्या महाधिवेशन ७-११ गतेसम्म लगाईदेर मासुभातको भण्डारा लाउनैसम्म लाउनु पर्ने बनाई दे !
चुनाबाँ देशैभर रास्वपाका उमेदबारले जितेर सरकार बनाको मौका छोपेर पाटी भित्र छिर्या एमाले, माओवादी र काँग्रेसका कार्यकर्तालाई ६र६ दिनसम्म मासुभात ख्वाउनु पर्दा कम्ता दुख भए होला रवि बालेनलाई ! तर क्यार्नु हिजोसम्म मासुभात ख्वाउनेमा पुराना दलका नाम आउँथे भने अब त सिंगै रास्वपा भन्ने दलको मात्रै नाम आउने भो ।
अबको मासुभात ख्वाउने पाटप् भनेकै रास्वपा हो भनेर सामाजिक सन्जालाँ प्रेस विज्ञप्ति हालि हालि रास्वपाँ दर्ता भाका तिन दलका कार्यकर्तालाई खान नदेर पठाम पाटी संगठनको चुनाबै भा छैन । अनि बिना चुनाब कार्यकर्तालाई कसरी लखेटम् ?
मासु भात र ५०० ज्यालाँ विक्ने काँग्रेस, एमाले र माओवादीया कार्यकर्ता भनेर सामाजिक सन्जालाँ लखेट्यालखेट्यै गर्ने कार्यकर्ता जति सबै आफ्नै पाटियाँ आएछि रास्वपालाई त धौ समालिसक्नु भो यो चोटि । अरुको ब्यफस्थापनलाई लिएर खिल्ली उडाउने घण्टीहरु यो आँफै त्यो खिल्लीको सामना गर्नु पर्न्याँ दर्ज भए ।
केई छैन चिन्ता नगर्नोस् नेताजीहरु पुराना दलले जस्तो यिनरलाई दलाली गर्न र बिचौलिया गर्न अनि ठेक्का पट्टा र कर्मचारी सरुवामा चलखेल गर्न दिनु भएन र पैशा कमाउने बाटै पत्ता लाउन सकेनन्, खाली पाटियाँ बसेर थोत्रा गालामात्रै बजाउने काम भो भने यी कार्यकर्ता बढीमा स्थानीय चुनाबसम्म खप्लान त्यो भन्दा पछि केही हात नलाएछि रास्वपाँ टिक्दै टिक्दैनन ।
पुराना पाटियाँ खाईखेलेर नेतालाई हैरान बनाका यिनै ३ दलका मान्छ्या मात्रै जमात जम्मा भो, शुध्द रास्वपा भन्ने कार्यकर्ता भेटिनै मुस्किल भएर त होला अधिवेशन शान्त रुपले चल्न देर तिनै दिनाँ सकिनु पर्ने ठाँ, आपसी विवाद, खिचातानी झैझगडा तेरो, मेरो र पाखुरा तानतान गरेर गुठकै कुरा गरेर समय खर्च्या कार्यकर्ताले बन्दशत्रै हुन देनन् ।
बल्ल बल्ल उपाध्यक्ष स्वर्णिम र अध्यक्ष रविले राजनीतिक प्रस्ताव र आर्थिक खाका पढेर भ्याउँदा नभ्याउँदै पाटीको नीति, विधि, विधान, पाटीले लिने बाटो र सिध्दान्तका बार्याँ नेताहरले कुरा राख्न र प्रतिनिधिले छलफल गर्न नपाउँदै एमाले, काँग्रेसको अधिवेशनाँ देखिने हरिबिजोगको अबस्था भन्दानि अँझ गएगुज्रेको अबस्थाँ रास्वपा अधिवेशन पुग्या चर्चा देशैभर चल्यो ।
कार्यकर्ताहरु चुनाबकै पछि लागेर भनाभन गर्दागर्दै सक्या बन्द शत्राँ के कुरा आए के कुरा पास भए धेरैजसो कार्यकर्तालाई थाहै भएन । एकोहोरो आँफुले चाहेको मान्छेलाई कसरी जिताउने र भोलिका दिनाँ चुनाब जितायवापत त्योबाट के फाईदा लिने भन्ने बाहेक कतिलाई त त्यो बाहेक कुनै ध्याउन्नै थेन ।
खयर जे भएनि सत्तासीन दल रास्वपाले पाटी जन्मेको चारै वर्षाँ चुनाबाँ दुई तिहार्इ पनि ल्यायो, सत्ताँनि पुग्यो, प्रथम महाधिवेशन नि समयसिमाभित्रै सम्पन्न गर्यो । पाटीको सिध्दान्त र नीतिका विषयमा बहस गर्नेहरुलाईनि पाटीले लिने सिध्दान्त नीति र कार्यदिशा स्पष्टरुपमा अरु दलका माझ राख्न पायो ।
रवि जस्तो नेताले पाटी चलाउने र बालेनजस्तो नेताले सरकार चलाउने स्पष्ट बाटो तय गरेर पाटीभित्र गुठबन्धीको गुन्जायस नभएको कुरामा पनि कार्यकर्तालाई स्पष्ट चेतावनि र निर्देशन दिईयो यत्तिनि यौटा राजनीतिक दलका लागि ठूलो उपलब्धि हो ।
त्यति ठूलो अधिवेशन अनि विभिन्न पक्षहरुबाट खाँदै र खेल्दै आएका मान्छेहरुलाई यौटै डोरीमा बाँधेर अधिवेशनलाई सम्पन्न गर्नु कम्ति चुनौति थेन । तर पनि तोकिएको समयभन्दा ३ दिन बढिलाएर अधिवेशन सम्पन्न गर्नु आँफैमा सफलता हो ।
पहिलो अधिवेशनमा पुग्दै २ तिहाईको सरकारको बाटो तय गरेर हिँडेको रास्वपाका लागि आउँदा दिनहरु चुनौतिपूर्ण हुन सक्छन । तिनलाई छिचोल्दै चुनाबमा जनताले दिएको अत्यधिक विश्वाश र पुराना दलले खाएर चपाएर उखुको खोस्टो बनाएको देशलाई हरिलो भरिलो हृष्टपुष्ट बनाउँदै सिँगै उखुको लाँक्रोजस्तो देश बनाउँदै जनतालाई सुखी र समृद्ध बनाउन धेरै मेहनत गर्नु पर्नेछ ।
त्यसका लागि राज्यका सबैक्षेत्र ओभरहोलिङ्ग नगरी सम्भव छैन । त्यसैले अब दलका निर्वाचित कार्यकर्ता, सरकार चलाउनेहरु र सदन चलाउने (रास्वपाका)हरु सबैले मेहनत गर्नुपर्ने छ । आशा छ चितवनको महाधिवेशन स्थलबाट बाहिरिएर आआफ्नो वतनतिर जाँदा नेता र कार्यकर्ता सबैले देश बनाउने अठोट लिएर जानेछन ।
यो देश अब युवाले मात्र बनाउन सक्छन भनेर नै जेनजी आन्दोलन भएको र आन्दोलनकै अधिनायकहरुले राज्य चलाउने अबसर पाएकोले यो अबसर पक्कै पनि उनीहरुको हातबाट गुम्ने छैन । जब जनताको आशय नै रास्वपा आउ, देश बनाउ भन्ने छ भने देश बनाउने जिम्मेवारी रास्वपाकै हो र अब उनिीरुको रातदिनको चिन्तन, जसरि हुन्छ देश बनाउने हुनुपर्छ । यो कुरा हरेक नेताको बोली व्यवहार, उनीहरुले गर्ने काममा झल्किनु पर्दछ ।




प्रतिक्रिया राख्नुहोस्