अल्जेरिया र अस्ट्रिया फिफा विश्वकप २०२६को नकआउट चरणमा प्रवेश गरेका छन् । आइतबार बिहान भएको रोमाञ्चक खेलमा दुवै टोलीले ३–३ गोलको बराबरीमा खेलेका हुन् ।
खेलको २८ औं मिनेटमा मार्को अर्नाटोभिचले गोल गर्दै अस्ट्रियालाई अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यस्तै खेलको ५५ औं मिनेटमा अस्ट्रियाका मार्सल सबिट्जरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर, खेलको ६० औं मिनेटमा अल्जेरियाका रिहाद महरेजले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

त्यसपछि दोस्रो हाफको न्जुरी समयको तेस्रो मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याए । तर, इन्जुरी समयकै छैटौं मिनेटमा अस्ट्रियाका सासा कालाज्डेजिकले गोल गर्दै खेललाई ३–३ को बराबरीमा टुंग्याए ।
बराबरीसँगै समूह ‘जे’बाट दुवै टोली समान ४-४ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरे । यो समूहबाट शत प्रतिशत जित निकाल्दै साविक विजेता अर्जेन्टिना समूह विजेता रहँदा जोर्डन भने अंक विहिन रहँदै बाहिरियो ।




प्रतिक्रिया राख्नुहोस्