एन आर एन न्युजजापान

एम्बुलेन्स र आईसीयू स्थापनाका लागि जापानबाट एनआरएनए मार्फत सहयाेग हस्तान्तरण

एम्बुलेन्स र आईसीयू स्थापनाका लागि जापानबाट एनआरएनए आईसीसीलाई सहयाेग हस्तान्तरण गरिएकाे छ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद आईसीसी निवतर्मान अध्यक्ष भवन भट्टले एक समाराेहका बीच मातृभूमिका लागी काेभिड १९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापानकाे तर्फबाट सहयाेग हस्तान्तरण गर्नुभयाे । नेपालमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जापानबाट सहयोगको निम्ति नेपाली दुतावास जापानको संरक्षकत्व र एनआरएनए आइसीसीका निवर्तमान अध्यक्ष तथा संरक्षक भवन भट्टकाे सयोजक्त्त्वमा बनेकाे मातृभूमिका लागी काेभिड १९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापानले संकलन गरेकाे सहयाेग हस्तान्तरण गरेकाे हाे।

एक समाराेहकाबीच एनआरएनए जापानकाे कार्यालयमा आईसीसी निवतर्मान अध्यक्ष भवन भट्टले आईसीसी काेषाध्यक्ष महेश श्रेष्ठलाई व्यवस्थापन समिति जापानकाे तर्फबाट संकलित रकम बरावरकाे सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे।

प्राप्त सहयाेग मध्ये भवन भट्ट संयोजक रहनुभएको टोकियो सन्तोसिन रोटरी क्लबबाट प्राप्त एम्बुलेन्स धादिङको धुनिवेशी नगरपालिकाका लागि उपलब्ध गराउने र उक्त एम्बुलेन्स हस्तान्तरणका लागि धादिङ समाजका अध्यक्ष दिनेश लोहनीलाई जिम्मा दिएको छ । भने वीरगञ्जको नारायणी अस्पतालमा पेडिड्रयाट्रिक आईसीयू निर्माणका लागि आवश्यक समन्वयको जिम्मा एनआरएनए जापानका केन्द्रीय सदस्य सुरेश गिरीलाई दिइएको छ ।

स्वास्थ्य सामग्री र सहयोग गर्ने दाताहरुको विवरण यस प्रकार छ

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.