खेलफूटबल

जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वे फिफा विश्वकपको अन्तिम १६ मा

जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा पाराग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेकोहो ।

अमेरिकाको बोस्टन स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट भएको थियो । पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले पेनाल्टीमा गोल गर्दा जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे ।

पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले काभइ हाभार्ट र निक वाल्टमेडको पेनाल्टी बचाउ गर्दा जोनाथन ताहाको प्रहार भने पोस्ट भन्दा बाहिर गएको थियो । सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई-दुई पेनाल्टी बचाएका थिए ।

त्यसअघि जुलियो इनसिसोले खेलको ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । तर खेलको ५४ औं मिनेटमा जर्मनीका काई हाभार्टले गोल गर्दै खेल बराबरीमा ल्याए ।

अतिरिक्त समयमको १०२औं मिनेटमा जर्मनीका जोनाथान ताहले गोल गरेपनि भिएआर जाँचपछि उक्त गोललाई मान्यता दिइएन । पाराग्वेका खेलाडीलाई फल गरेको कारण गोल नदिइएको हो ।

अब पाराग्वेले फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.