प्रबास

विदामा आएका कामदारका लागि विदेश लागि पुनः श्रम स्वीकृति दिन सुरु

कोरोना भाइरस महामारीका कारण गत फागुनदेखि स्थगित भएको वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन थालिएको छ । यो स्वीकृत विदामा आएकाहरुको हकमा मात्र हो र नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक अवस्थालाई कायम राख्न युवाहरुलाई वैदेशिक रोजगारीमाा जान प्रेरित गर्ने बताएलगत्तै सरकारले पुनः श्रम स्वीकृति दिन थालेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले पुनः श्रम स्वीकृति अब विदामा आएका कामदारलाई फेरि फर्किनका लागि दिन लागिएको जानकारी दिनुभएको छ । कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काम काम जान दिन अनुमति दिन थालिएको हो ।



कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो ।

अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् । काठमाडौंमा बिहीबारबाटै र उपत्यका बाहरिका प्रदशे कार्यालयबाट आइतबारदेखि सेवा दिन थालिने छ ।

सम्बन्धित खबर

Back to top button