राजनीति

प्रधानमन्त्रीद्वारा मन्त्रीहरुसंग बालुवाटार अर्थपूर्ण छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार छलफल गर्नुभएको छ । पार्टीभित्रबाट राजीनामाको दवाव झेलिरहनुभएका प्रधानमन्त्री ओली रे मन्त्रीहरुसंगको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरुलाई बोलाउनु भएको जानकारी दिनुभएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले शनिबार साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग के विषयमा कुराकानी गरे भन्ने खुलेको छैन । साथै मन्त्रीहरुलाई बालुवाटार बोलाउनुको कारण स्पष्ट नहुँदा पार्टीभित्र र बाहिर अनेक अड्कलबाजी भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.