जनार्दनले नैतिकता र त्याग देखाउनुभयो : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद उत्पन्न जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताउनभएको छ ।

बिहिबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताउँदै उहाँको राजीनामाले नैतिकता र त्यागको एउटा सन्देश गएको बताउनुभएको हो ।
शर्माले राजीनामा नगरे यही विषयलाई उचालेर गठबन्धनलाई नै खतरा पार्ने डिजाइन भएको र शर्माको राजीनामाले राजनीतिक संस्कारको विकास भएको पनि उनले दाबी उहाँको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘उहाँले राजीनामा नगरेको भए विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो । त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ। यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्छ ।’
आर्थिक वर्ष २०७९।०८०को बजेट बनाउँदा अनधिकृत मानिसलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्