राजनीति

सभामुखलाई एमाले सांसद राईले ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?’ भनेर सोधेपछि…(भिडियो)

नेकपा एमालेका सांसद राजेन्द्र राईले ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न’ भनी सभामुख डोलप्रसाद अर्याललाई प्रश्न गर्नुभएको छ । बुधबारको बैठकमा एमाले सांसद राईलाई बोल्न समय दिएपछि उनले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

सांसद राईले भन्नुभएको थियो, ‘सम्माननीय सभामुख महोदय, सभामुखलाई एउटा निवेदन गर्नु पर्‍यो । तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? सभामुखलाई यो निवेदन हो ।’ त्यसपछि सभामुख अर्यालले राईलाई लाई बोल्नबाट रोक्नुयो ।

सांसद राईलाई सभामुख र सभाको अवहेलना गरेको भन्दै सभामुख अर्यालले नबोल्न निर्देशन दिनुभएको हो । “माननीय सदस्य ! तपाईं सभामुखको अपहेलना गर्दै हुनुहुन्छ त्यसो हुँदा तपाईं बस्नूस्,” सभामुख अर्यालले भन्नुभयो ।

राईलाई बोल्न रोकेपछि एमाले सांसद उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले बोल्ने क्रममा सभामुखको अपमान हुने गरी भाषा प्रयोग गरेकोमा ध्यानकर्षण गराउनुभयो ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.