जन सरोकार

यात्रुलाई अनावश्यक दुःख दिने कार्यमा संलग्न १७ जना पक्राउ

सर्वसाधारण तथा यात्रुलाई दुःख, हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।

उक्त अभियोगमा प्रहरीले काठमाडौँ बल्खु बस्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-१ घर भएका ३५ वर्षीय सुमन लामासमेत १७ जनालाई पक्राउ गरेको हो ।

लामो समयदेखि बल्खु क्षेत्रमा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबर्जस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजहरूलाई बल्खु क्षेत्रबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.