जन सरोकार

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा सुनिल पौडेलसहित १८ जनालाई सफाइ

विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई सफाइ दिएको छ ।

सुनील पौडेल

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले उक्त मुद्दाका आरोपी १८ जनालाई बिहीबार सफाइ दिएको विशेष अदातलका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुभयो ।

सफाइ पाउनेहरुमा तत्कालीन प्रबन्ध निर्देशक पौडेलसहित, संगीता पहाडी भन्ने संगिता अर्याल, प्रतिभा वैद्य भन्ने प्रतिभा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमुल प्रधान, राजीव कुमार के.सी, हेमप्रभा कर्ण भन्ने हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई लगायत रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा ठुलो आर्थिक अनियमितता र मिलेमतो भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.