जन सरोकार

नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ

आफूलाई प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्की तथा दुःख दिएको आरोपमा नेपाल प्रहरीले एकजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ हात्तीगौँडा बस्दै आएका ३८ वर्षीय राजकुमार आलेमगर रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आलेमगरले आफू ‘अपराध महाशाखाबाट एसपी दिलीप घिमिरे’ भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने, अनावश्यक दबाब दिने तथा दुःख हैरानी गर्ने गरेका थिए ।

प्रहरीका अनुसार उनले प्रहरी कर्मचारीसँग विवाद गर्दै सार्वजनिक स्थानमा होहल्ला गरी शान्तिसुरक्षामा खलल पु¥याउने तथा अभद्र व्यवहार गरेको आरोप लागेको छ ।

आलेमगरलाई काठमाडौँ महानगरपालिका–२६ सिंहदरबार अगाडिको सडक खण्डबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निजविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.