एन आर एन न्युजजापान

एनआरएनए अन्तर्राष्ट्रिय महाधिवेशनका प्रतिनिधिको आवेदन समय थप

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न १० औं महाधिवेशनमा रासप जापानको तर्फबाट सहभागी हुन इच्छुक योग्यता पुगेका व्यक्तिहरुबाट आवेदन आव्हान गरिएको छ ।

एनआरउनए जापानका सचिव जनकविक्रम शाहीले एक विज्ञप्ति जारी गरी अन्तर्र्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र विगतमा काम गरिसकेका व्यक्तिहरुमध्यबाट ६५ प्रतिशत (११० जना) प्रतिनिधि छनौटको निम्ति आवेदन खुल्ला आज जुलाई १३ तारीक सम्म गरिए पनि समय थप गरी यही जुलाई २० तारीक सम्म बढाइएको जानकारी गराइएको हो ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३.७ बमोजिम २५ प्रतिशत (४२ जना) प्रतिनिधि निर्वाचन मार्फत चुनिनुपर्ने प्रावधान बमोजिम उक्त २५ प्रतिशत प्रतिनिधिहरुको लागि पनि यसै आवेदन आव्हान गरिएको छ ।

विज्ञप्तिमा इच्छुक महानुभावहरुले यही जुलाई २० सम्म आवेदन दिइसक्नु पर्ने र प्रतिनिधि बन्न इच्छुक महानुभावहरु राष्ट्रिय समन्वय परिषद जापानको २०२१(२०२३ कार्यकालको निम्ति सदस्यता लिइएको हुनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.