नेपालमा विगत लामो समययता एकैदिन दुई सयभन्दा बढीमा कोराना संक्रमणको पुष्टि भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एकै दिन कोरोना संक्रमितको संख्या २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्